बिहान ९ बजे भोला पौडेलका घरबाट विद्युत् सर्ट आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए। ४० घरमा रहेका करिब ८० वटा पसल जलेका छन्।

उनले फुङलिङ नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको जनाएको छ ।

" /> ताप्लेजुङको दोभान बजारमा आगलागी : ४० घर जलेर नष्ट - Sarbocha Media

ताप्लेजुङको दोभान बजारमा आगलागी : ४० घर जलेर नष्ट

`

     २०७७ फाल्गुन १८ गते ६:११

ताप्लेजुङ, १८ फागुन ।, ताप्लेजुङको दोभान बजारमा आगलागी भई ४० घर जलेर पूरै नष्ट भएको छ । मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा अहिले पनि आगलागी भइरहेको छ।

बिहान ९ बजे भोला पौडेलका घरबाट विद्युत् सर्ट आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए। ४० घरमा रहेका करिब ८० वटा पसल जलेका छन्।

उनले फुङलिङ नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?