काठमाडौँ, १७ फागुन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार सुनको भाउ सामान्य वृद्धि भएको छ ।
महासंघका अनुसार आइतबार प्रतितोलामा ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर प्रतितोलामा ८८ हजार ७०० रुपैयाँमा कायम हुन पुगेको छ ।
यस्तै सोमबार तेजाबी सुनको भाउ प्रतितोलामा ८८ हजार २५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।




