अंग्रेजी महिना मार्चदेखि सुरु हुने प्री–मनसुन मे महिनासम्म चल्ने गर्छ । यो समयमा अपराह्न तथा साँझतिर मेघ गर्जन–चट्याङका साथै हावाहुरी र असिना–पानीको सम्भावना रहन्छ ।

विभागले मेघ गर्जन–चट्याङ, हावाहुरी र असिना–पानीबाट हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

मार्च, अप्रिल र मेसम्म तीन महिना प्री–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने हुन्छ ।

जाडोयाम सकिएलगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्री–मनसुन समय सुरु भएको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । ‘तापक्रम बढ्न थालेकाले यसको प्रभाव देखिन थालेको हो,’ उनले भने ।

पहाडी भेगमा प्री–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । यस समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने गर्दछ ।

" /> आजदेखि जाडो याम अन्त्य, प्री–मनसुन सुरु - Sarbocha Media

आजदेखि जाडो याम अन्त्य, प्री–मनसुन सुरु

`

     २०७७ फाल्गुन १७ गते ७:०९

काठमाडौँ, १७ फागुन । सोमबारदेखि यस वर्षको जाडोयाम समाप्त भई प्री–मनसुन सुरु हुने बताएको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार बिहान बुलेटिन निकालेर मार्च १ देखि यस वर्षको जाडोयाम अन्त्य भई प्री–मनसुन ‘सिजन’ सुरु भएको जनाएको हो ।

अंग्रेजी महिना मार्चदेखि सुरु हुने प्री–मनसुन मे महिनासम्म चल्ने गर्छ । यो समयमा अपराह्न तथा साँझतिर मेघ गर्जन–चट्याङका साथै हावाहुरी र असिना–पानीको सम्भावना रहन्छ ।

विभागले मेघ गर्जन–चट्याङ, हावाहुरी र असिना–पानीबाट हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

मार्च, अप्रिल र मेसम्म तीन महिना प्री–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने हुन्छ ।

जाडोयाम सकिएलगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्री–मनसुन समय सुरु भएको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । ‘तापक्रम बढ्न थालेकाले यसको प्रभाव देखिन थालेको हो,’ उनले भने ।

पहाडी भेगमा प्री–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । यस समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?