उनी पूर्वमाओवादी लडाकूसमेत हुन् । गृहमन्त्री थापाको सचिवालयमा अधिकृतस्तरको नियुक्तिमा उनी सुरुवाती समयदेखि नै कार्यरत् थिए ।

गृहमन्त्रीनिकट स्रोतले भने, “हाम्रो समूहमा रहेर उनले युवामा भाँडभैलो गरे । प्रचण्ड र वर्षमानका लागि काम गर्न लागेको सूचना पाएपछि हटाइएको हो ।”

यसअघि, संसद् विघटनको निर्णयपछि गृहमन्त्रीका प्रमुख सल्लाहकार सूर्य सुवेदीले पदबाट राजीनामा दिएका थिए ।

" /> प्रचण्डको समर्थनमा लागेपछि गृहमन्त्री बादलले स्वकीय सचिव तामाङलाई हटाए - Sarbocha Media

प्रचण्डको समर्थनमा लागेपछि गृहमन्त्री बादलले स्वकीय सचिव तामाङलाई हटाए

`

     २०७७ फाल्गुन १६ गते ८:४७

काठमाडौँ, १६ फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्ना स्वकीयसचिव विरु तामाङलाई पदबाट हटाएका छन् । आफूसँग रहेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वर्षमान पुनका लागि काम गरेको आरोप लगाउँदै उनले तामाङलाई हटाएका हुन् ।

उनी पूर्वमाओवादी लडाकूसमेत हुन् । गृहमन्त्री थापाको सचिवालयमा अधिकृतस्तरको नियुक्तिमा उनी सुरुवाती समयदेखि नै कार्यरत् थिए ।

गृहमन्त्रीनिकट स्रोतले भने, “हाम्रो समूहमा रहेर उनले युवामा भाँडभैलो गरे । प्रचण्ड र वर्षमानका लागि काम गर्न लागेको सूचना पाएपछि हटाइएको हो ।”

यसअघि, संसद् विघटनको निर्णयपछि गृहमन्त्रीका प्रमुख सल्लाहकार सूर्य सुवेदीले पदबाट राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?