उनले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लडेर ल्याएका परिवर्तन र संविधानमाथि प्रहार गरेकोले त्यो जोगाउनको लागि आन्दोलन गरीरहेको बताएको छ । आज मिडिया एलायन्सका पदाधिकारीसँगको अन्तरक्रियामा बोल्दै दाहालले यस्तो बताएका हुन् ।

उ्नले भने, हामी प्रधानमन्त्रीको लागि लडिएको होईन् । तपाईहरुलाई त्यस्तो लागेको छ भने ठूलो गल्ती हुनेछ । संविधान बचाउने, परिवर्तन जोगाउने चिन्ता हो । हामी, नेपाली कांग्रेस, जनता समाजवादी र नागरिक समाज ओलीको प्रतिगमनको विरोध गर्ने छौँ।’

सरकारलाई काम गर्न दिईएन भनेर प्रधानमन्त्री ओलीले लगाएको आरोपमा कुनै सत्या नरहेको पनि उनको भनाई छ ।

उनले भने, ‘कसैले देखाउन सक्छ ? नीति तथा कार्यक्रम फेल गर्न खोज्यौँ  ? कुन कुरामा बाधा पुर्‍यायौं ?  उहाँले जे मन लाग्यो, त्यही गर्दै जाने अनि हामीले हेर्दै जाने त हुन सक्दैन् । गणतन्त्रप्रति उहाँको मन थिएन । संघीयत पनि उहाँलाई मन परेको थिएन । नसचिवालय, नस्थायी कमिटी, नकेन्द्रीय कमिटी, नसंसद कतै उहाँको बहुमत छैन् । लोकतन्त्र भनेको बहुमत हो, अल्पमत प्रतिपक्ष हो ।

" /> प्रधानमन्त्रीको लागि लडिएको होईन्, देश र जनताको लागि हो : अध्यक्ष प्रचण्ड - Sarbocha Media

प्रधानमन्त्रीको लागि लडिएको होईन्, देश र जनताको लागि हो : अध्यक्ष प्रचण्ड

`

     २०७७ फाल्गुन १६ गते ६:४९

काठमाडौँ, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुले पदको लागि आन्दोलन वा संघर्ष नगरेको तर्क गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लडेर ल्याएका परिवर्तन र संविधानमाथि प्रहार गरेकोले त्यो जोगाउनको लागि आन्दोलन गरीरहेको बताएको छ । आज मिडिया एलायन्सका पदाधिकारीसँगको अन्तरक्रियामा बोल्दै दाहालले यस्तो बताएका हुन् ।

उ्नले भने, हामी प्रधानमन्त्रीको लागि लडिएको होईन् । तपाईहरुलाई त्यस्तो लागेको छ भने ठूलो गल्ती हुनेछ । संविधान बचाउने, परिवर्तन जोगाउने चिन्ता हो । हामी, नेपाली कांग्रेस, जनता समाजवादी र नागरिक समाज ओलीको प्रतिगमनको विरोध गर्ने छौँ।’

सरकारलाई काम गर्न दिईएन भनेर प्रधानमन्त्री ओलीले लगाएको आरोपमा कुनै सत्या नरहेको पनि उनको भनाई छ ।

उनले भने, ‘कसैले देखाउन सक्छ ? नीति तथा कार्यक्रम फेल गर्न खोज्यौँ  ? कुन कुरामा बाधा पुर्‍यायौं ?  उहाँले जे मन लाग्यो, त्यही गर्दै जाने अनि हामीले हेर्दै जाने त हुन सक्दैन् । गणतन्त्रप्रति उहाँको मन थिएन । संघीयत पनि उहाँलाई मन परेको थिएन । नसचिवालय, नस्थायी कमिटी, नकेन्द्रीय कमिटी, नसंसद कतै उहाँको बहुमत छैन् । लोकतन्त्र भनेको बहुमत हो, अल्पमत प्रतिपक्ष हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?