काठमाडौँ, १६ फागुन । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला रू ५ सयले घटेको छ ।
महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु ८८ हजार ३०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ। शुक्रबार छापावाला सुन तोलामा रु ८८ हजार ८०० मा कारोवार भएको थियो।
यस्तै तेजाबी सुन तोलामा रु ८७ हजार ८५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।
योसँगै चाँदीको मूल्य पनि आज तोलामा रू १० रूपयाँले घटेको छ। शुक्रबार तोलामा रु १ हजार ३३५ मा कारोवार भएको चाँदी आज भने रु १ हजार ३२५ मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।




