देशमा संक्रमितको संख्या बढ्न थालेपछि १८ राज्यमा निगरानी सुरु गरेको छ । नेशनल सेन्टर फर डिजिज कन्ट्रोल (एनसीडीसी) ले नयाँ स्ट्रेनसँग जोडिएका संक्रमित र उनीहरुको सम्पर्कमा आएको बारेमा जानकारी माग गरेका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १९४ मध्ये १८७ जनामा बेलायतको भेरियेन्ट पाइएको छ । ६ जनामा दक्षिण अफ्रिकाको र एकजनामा ब्राजिलको स्ट्रेन पाइएको छ । स्वास्थ्य मन्त्रालयले यी राज्यमा अन्तर्राष्ट्रिय यात्रुमाथि निगरानी गरीरहेको जनाएको छ ।

यसमा महाराष्ट्र, केरल, तेलंगाना, आन्ध्र प्रदेश, असम, पश्चिम बंगाल, तमिलनाडु, पञ्जाब जस्ता राज्य शामेल रहेका छन् ।

" /> भारतका १८ राज्यमा नयाँ प्रकारको कोरोनाभाइरस फैलियो - Sarbocha Media

भारतका १८ राज्यमा नयाँ प्रकारको कोरोनाभाइरस फैलियो

`

     २०७७ फाल्गुन १४ गते ९:०३

एजेन्सी, १४ फागुन । भारतको १८ वटा राज्यमा कोरोनाभाइरसको नयाँ स्ट्रेन फैलिएको पत्ता लागेको छ । यी स्ट्रेन बेलायत, दक्षिण अफ्रिका र ब्राजिलबाट आएका हुन् । देशभर नयाँ स्ट्रेनबाट संक्रमित भएका १९४ मामिला पत्ता लागेका जनाएको छ ।

देशमा संक्रमितको संख्या बढ्न थालेपछि १८ राज्यमा निगरानी सुरु गरेको छ । नेशनल सेन्टर फर डिजिज कन्ट्रोल (एनसीडीसी) ले नयाँ स्ट्रेनसँग जोडिएका संक्रमित र उनीहरुको सम्पर्कमा आएको बारेमा जानकारी माग गरेका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १९४ मध्ये १८७ जनामा बेलायतको भेरियेन्ट पाइएको छ । ६ जनामा दक्षिण अफ्रिकाको र एकजनामा ब्राजिलको स्ट्रेन पाइएको छ । स्वास्थ्य मन्त्रालयले यी राज्यमा अन्तर्राष्ट्रिय यात्रुमाथि निगरानी गरीरहेको जनाएको छ ।

यसमा महाराष्ट्र, केरल, तेलंगाना, आन्ध्र प्रदेश, असम, पश्चिम बंगाल, तमिलनाडु, पञ्जाब जस्ता राज्य शामेल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?