काठमाडौँ, १४ फागुन। नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार साताको अन्तिम दिन पनि सुन–चाँदीको मूल्य घटेको छ ।
महासंघ अनुसार आजका लागि छापावाल सुनको मूल्य तोलाको ८८ हजार ८०० रुपैयाँ कायम भइको छ । हिजो तोलाको ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले झरेको छ । महासंघले आजका लागि चाँदीको मूल्य तोलाको १३ सय ३५ रुपैयाँ कायम गरेको छ । बिहीबार तोलाको १३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।




