प्रहरी प्रधान कार्यालयले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायल दरबन्दी भएका प्रहरी साहयक निरीक्षक पदम बहादुर थापा र जवान नर बहादुर थापालाई एक तह बढुवा गरेको हो ।

बढुवा भएका दुवै जनालाई सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुबेदीले दज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् ।

उक्त घटनाको अनुसन्धानमा संलग्न अन्य पाँच जनालाई पनि पुरस्कृत गरिएको छ । पुरस्कृतहरुमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुबेदी, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानी पोखरी परिचालन कक्ष दरबन्दी भएका प्रहरी नायब निरीक्षक दुर्गा कुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरबन्दी रहेका प्रहरी जवान अशोक बहादुर कुँवर रहेका छन् ।

बैतडी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविका कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भट्टको गत माघ २१ गते जबरजस्ती करणीपछि हत्या भएको थियो ।

" /> भागरथी हत्या अनुसन्धानमा रहेका दुई प्रहरीको एक तह बढुवा, ५ जनालाई नगद पुरस्कार - Sarbocha Media

भागरथी हत्या अनुसन्धानमा रहेका दुई प्रहरीको एक तह बढुवा, ५ जनालाई नगद पुरस्कार

`

     २०७७ फाल्गुन १३ गते ८:०१

बैतडी, १३ फागुन । बैतडीका किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई प्रहरीलाई एक तह बढुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायल दरबन्दी भएका प्रहरी साहयक निरीक्षक पदम बहादुर थापा र जवान नर बहादुर थापालाई एक तह बढुवा गरेको हो ।

बढुवा भएका दुवै जनालाई सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुबेदीले दज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् ।

उक्त घटनाको अनुसन्धानमा संलग्न अन्य पाँच जनालाई पनि पुरस्कृत गरिएको छ । पुरस्कृतहरुमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुबेदी, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानी पोखरी परिचालन कक्ष दरबन्दी भएका प्रहरी नायब निरीक्षक दुर्गा कुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरबन्दी रहेका प्रहरी जवान अशोक बहादुर कुँवर रहेका छन् ।

बैतडी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविका कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भट्टको गत माघ २१ गते जबरजस्ती करणीपछि हत्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?