उक्त बैठकमा सुरुमै अध्यक्ष माधवकुमार नेपालले आफ्ना धारणा राखेका छन्। उनले पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि पार्टी विभाजित हुँदा ओलीतर्फ लागेका सांसदहरुमध्ये ठूलो संख्याका सांसदहरु आफूहरुतर्फ आउन चाहेको बताएका थिए।

उनले उनीहरुप्रति कुनै पूर्वाग्रह नराख्न त्यहाँ उपस्थित सांसदहरुसँग आग्रह गरेका थिए।

नेता नेपालले भने, ‘ओलीतिर लागेका धेरैजना सांसदहरु आउनेछन्, उहाँहरुलाई गर्ने मान सम्मानमा कुनै कमी नगर्नुहोस्, उहाँहरुको शरीर उता भए पनि मन यतै छ।’

संसदीय दलको बैठक अघि नेकपाको प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठक पेरिसडाँडामा बसेको थियो। बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए संविधान अनुसार अविश्वासको प्रस्ताव अघि बढाउने निर्णय गरेका छन्।

बैठकका निर्णयबारे जानकारी दिँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिनुभएन भने संविधान अनुसार नै प्रक्रिया अघि बढाउने हाम्रो निर्णय छ।’ स्थायी कमिटीको बैठकले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक भनेको छ।

श्रेष्ठले भने, ‘सर्वोच्चको फैसलाले प्रतिनिधसिभाको मात्रै होइन, संविधान र लोकतन्त्रको रक्षा गरेको छ। राजनीति अध्यारो सुरुङमा जाने खतराबाट बचाउन अदालतले सहयोग गरेको छ ।’

" /> ओलीका बहुमत सांसद हामीतिर फर्किँदै छन् : माधव नेपाल - Sarbocha Media

ओलीका बहुमत सांसद हामीतिर फर्किँदै छन् : माधव नेपाल

`

     २०७७ फाल्गुन १२ गते ११:५९

काठमाडौँ, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलको बैठक सुरु भएको छ। बुधबार अपरान्ह नेकपाको प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा सुरु भएको हो।

उक्त बैठकमा सुरुमै अध्यक्ष माधवकुमार नेपालले आफ्ना धारणा राखेका छन्। उनले पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि पार्टी विभाजित हुँदा ओलीतर्फ लागेका सांसदहरुमध्ये ठूलो संख्याका सांसदहरु आफूहरुतर्फ आउन चाहेको बताएका थिए।

उनले उनीहरुप्रति कुनै पूर्वाग्रह नराख्न त्यहाँ उपस्थित सांसदहरुसँग आग्रह गरेका थिए।

नेता नेपालले भने, ‘ओलीतिर लागेका धेरैजना सांसदहरु आउनेछन्, उहाँहरुलाई गर्ने मान सम्मानमा कुनै कमी नगर्नुहोस्, उहाँहरुको शरीर उता भए पनि मन यतै छ।’

संसदीय दलको बैठक अघि नेकपाको प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठक पेरिसडाँडामा बसेको थियो। बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए संविधान अनुसार अविश्वासको प्रस्ताव अघि बढाउने निर्णय गरेका छन्।

बैठकका निर्णयबारे जानकारी दिँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिनुभएन भने संविधान अनुसार नै प्रक्रिया अघि बढाउने हाम्रो निर्णय छ।’ स्थायी कमिटीको बैठकले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक भनेको छ।

श्रेष्ठले भने, ‘सर्वोच्चको फैसलाले प्रतिनिधसिभाको मात्रै होइन, संविधान र लोकतन्त्रको रक्षा गरेको छ। राजनीति अध्यारो सुरुङमा जाने खतराबाट बचाउन अदालतले सहयोग गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?