काठमाडौँ, १२ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९४ जनामा संक्रमण पुष्टि भएको छ ।
योसंगै कुल संक्रमितको सख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको मन्त्रालयले जनाएको छ ।
आज ७१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार १ सय ३९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।




