काठमाडौँ, १२ फागुन । संसद पुनर्स्थापना भएको खुसियालीमा नेकपा प्रचण्ड–माधव पक्षले काठमाडौँमा विजय जुलुस निकालेको छ ।
उपत्यकाका विभिन्न स्थानबाट निस्किएका जुलुस शान्तिवाटिकामा पुगेर सभामा परिणत हुने छ । सभालाई अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने भएको छ।
विजय जुलुसमा सहभागीहरुले रातो टीका लगाएका छन् । सूर्य र हँसिया हथौडा बोकेका उनीहरुले लोकतन्त्र जिन्दावाद, केपी ओली बाईबाई लगायतका नारा लगाएका छन् ।
संसद विघटनको विरोधमा पूर्वनिर्धारित विरोध कार्यक्रमलाई प्रचण्ड–माधव पक्षले बुधबार विजय जुलुसमा परिणत गरेको थियो । उक्त पक्षले देशभर विजय जुलुस निकाल्न मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ ।




