प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिँदैनन्, अबको प्रधानमन्त्री पनि केपी ओली हो : शिक्षामन्त्री श्रेष्ठ
भक्तपुर, १२ फागुन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले नै निर्वाचन गराउने तर्क गरेका छन् । प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिने पनि बताएका छन् ।
सीटीईभीटीको ३३ औँ वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘अबको प्रधानमन्त्री पनि केपी शर्मा ओली नै हो, उहाँले नै निर्वाचन गराउनुहन्छ ।’
मन्त्री श्रेष्ठले भने, ‘कसैले राजीनामा माग्दैमा प्रधानमन्त्री आलीले राजिनामा दिदैँन् । ‘राजिनामा दिने हामी कायर हो र, कुनै पनि हालतमा राजिनामा आउँदैन । प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्नुहुन्छ।’
संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने तर यो फैसलाले झन् विवाद बढाएको उनको भनाई छ ।




