धनगढी, १२ फागुन । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड–नेपाल समूहका नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले तुरुन्त प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।
सर्वोच्चले संसद पुनर्स्थापनाको फैसला गरेको भोलिपल्ट बुधवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता रावलले सर्वोच्चले जनताको पक्षमा फैसला गरेको बताएका छन् ।
नेता रावलले भने, ‘जनताको पक्षमा सर्वोच्चले फैसला गरेको छ ।’ ‘नैतिकताको आधारमा राजीनामा दिनुपर्छ तर ओलीले त्यसरी राजीनामा दिँदैनन्, १३ दिनभित्रै संसद शुरू हुन्छ, हामीले संसदबाटै ओलीलाई कारबाही गर्ने र्छौं ।’
नेता रावलले ओलीको पक्षमा रहेकाहरूलाई मूलधारमा फर्किन पनि आग्रह गरेका छन् ।




