प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।

" /> संसद् पुन:स्थापना गर्ने सर्वोच्चको निर्णय, १३ दिनभित्र बैठक बोलाउन आदेश - Sarbocha Media

संसद् पुन:स्थापना गर्ने सर्वोच्चको निर्णय, १३ दिनभित्र बैठक बोलाउन आदेश

`

     २०७७ फाल्गुन ११ गते १२:४०

काठमाडौँ, ११ फागुन। सर्वोच्च अदालतले संसद पुन:स्थापना गर्ने गर्ने भएको छ । आज मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि आदेश दिएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?