‘हामीले सयौँ वर्षयता इन्फ्लुएन्जाको महामारीपछि यति धेरै नागरिकको ज्यान गएको यो मात्र देखेका छौँं,’ अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार एन्थोनी फाउचीले बताएका छन्‌।

​अमेरिकामा कोरोना भाइरसबाट ४ लाख ९८ हजार जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । सन् २०२० फेब्रुअरीमा संयुक्त राज्य अमेरिकामा कोभिड–१९ बाट पहिलो व्यक्तिको मृत्यु घोषणा भएको थियो। एक वर्षपछि कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको संख्या ५ लाख पुगेको छ।

अमेरिकामा मृत्यु हुने संख्या ५ लाख पार गर्ने क्रममा बाइडेनले भने कि उनीहरू संकटको कहिले समाधान हुन्छ भन्ने बारे दृढ भविष्यवाणी गर्न नचाहेका बताइन्छ। तर अमेरिकामा कोरोना भाइरसको खोप दिन थालिसकिएको बताएका छन्।

हालसम्ममा ६ करोड १० लाख जनाले यो खोप लगाइसकेका छन्।

" /> अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो - Sarbocha Media

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो

`

     २०७७ फाल्गुन ११ गते ६:१३

एजेन्सी, ११ फागुन । कोरोना भाइरस सङ्क्रमणको शुरू भएयता संयुक्त राज्य अमेरिका करिब ५ लाख व्यक्तिको मृत्यु भएको छ। अमेरिकामा कोरोना भाइरसका कारण विश्वको तुलनामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

‘हामीले सयौँ वर्षयता इन्फ्लुएन्जाको महामारीपछि यति धेरै नागरिकको ज्यान गएको यो मात्र देखेका छौँं,’ अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार एन्थोनी फाउचीले बताएका छन्‌।

​अमेरिकामा कोरोना भाइरसबाट ४ लाख ९८ हजार जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । सन् २०२० फेब्रुअरीमा संयुक्त राज्य अमेरिकामा कोभिड–१९ बाट पहिलो व्यक्तिको मृत्यु घोषणा भएको थियो। एक वर्षपछि कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको संख्या ५ लाख पुगेको छ।

अमेरिकामा मृत्यु हुने संख्या ५ लाख पार गर्ने क्रममा बाइडेनले भने कि उनीहरू संकटको कहिले समाधान हुन्छ भन्ने बारे दृढ भविष्यवाणी गर्न नचाहेका बताइन्छ। तर अमेरिकामा कोरोना भाइरसको खोप दिन थालिसकिएको बताएका छन्।

हालसम्ममा ६ करोड १० लाख जनाले यो खोप लगाइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?