धनुषा, ९ फागुन। प्रदेश नम्बर २ का नवनियुक्त प्रमुख राजेश झा अहिराजलाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ । आइतबार अपरान्ह काठमाडौँबाट जनकपुर आइपुगेका प्रमुख झालाई एयरपोर्टमा १ सय १ किलोको माला लगाएर स्वागत गरिएको छ ।
प्रमुख झा एयरपोर्टबाट सिधै राम जानकारी मन्दिरमा दर्शनका लागि गएका छन् । त्यसलगत्तै उनले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई शुक्रबार प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन्।




