काठमाडौँ, ९ फागुन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ३ हजार ३२५ जनाको नमुना परीक्षण गर्दा ३३ जना महिला र ४७ जना पुरुष गरी कुल ८० जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ४३१ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ६९ हजार ८७६ जना संक्रमणमुक्त भएका छन् भने कुल २०६१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।




