आइतबार बिहान विराटनगरस्थित मुख्यमन्त्री निवासमा भएको भेटमा मुख्यमन्त्री राईले प्रदेशसभा बैठक स्थगित गर्न सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब दिएको स्रोतले जनाएको छ।

​अहिलेकै अवस्थामा बैठक अगाडि बढ्न नसक्ने भन्दै सूचना टाँसेर बैठक स्थगित गर्न दबाब दिएको स्रोतले जानकारी दिए । सभामुख भण्डारीले भने प्रक्रियाअनुसार अविश्वासको प्रस्ताव दर्ता भएर टेबल गर्ने कार्यसूचीसमेत तय भइसकेको भन्दै सधैँभरि बैठक रोकेर राख्न नसकिने जवाफ दिएका छन्।

पुस १२ गते प्रदेशसभाका ३७ सदस्यले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको भए पनि अहिलेसम्म उक्त प्रस्ताव संसद् बैठकमा टेबल हुन सकेको छैन। माघ ७ गतेदेखि सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक ३ मिनेटमै स्थगित भएको थियो।

दोस्रो बैठक माघ २५ गते बसेर अविश्वासको प्रस्ताव टेबल गर्ने कार्यसूची निर्धारण भए पनि मुख्यमन्त्रीनिकट सांसदहरुकै अवरोधका कारण स्थगित भएको थियो।

आजको प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने भएको छ ।

" /> प्रदेश १ को बैठक स्थगित गर्न सभामुखलाई मुख्यमन्त्रीको दबाब - Sarbocha Media

प्रदेश १ को बैठक स्थगित गर्न सभामुखलाई मुख्यमन्त्रीको दबाब

`

     २०७७ फाल्गुन ०९ गते ५:५९

विराटनगर, ९ फागुन । प्रदेश १ प्रदेशसभाको आजको बैठक स्थगित गर्न मुख्यमन्त्री शेरधन राईले सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब दिएका छन्।

आइतबार बिहान विराटनगरस्थित मुख्यमन्त्री निवासमा भएको भेटमा मुख्यमन्त्री राईले प्रदेशसभा बैठक स्थगित गर्न सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब दिएको स्रोतले जनाएको छ।

​अहिलेकै अवस्थामा बैठक अगाडि बढ्न नसक्ने भन्दै सूचना टाँसेर बैठक स्थगित गर्न दबाब दिएको स्रोतले जानकारी दिए । सभामुख भण्डारीले भने प्रक्रियाअनुसार अविश्वासको प्रस्ताव दर्ता भएर टेबल गर्ने कार्यसूचीसमेत तय भइसकेको भन्दै सधैँभरि बैठक रोकेर राख्न नसकिने जवाफ दिएका छन्।

पुस १२ गते प्रदेशसभाका ३७ सदस्यले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको भए पनि अहिलेसम्म उक्त प्रस्ताव संसद् बैठकमा टेबल हुन सकेको छैन। माघ ७ गतेदेखि सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक ३ मिनेटमै स्थगित भएको थियो।

दोस्रो बैठक माघ २५ गते बसेर अविश्वासको प्रस्ताव टेबल गर्ने कार्यसूची निर्धारण भए पनि मुख्यमन्त्रीनिकट सांसदहरुकै अवरोधका कारण स्थगित भएको थियो।

आजको प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?