ओखलढुंगाको मोलुङ गाउँपालिका रामपुरका बासिन्दा उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए।

काठमाडौँ शंखरापुर नगरपालिका४ स्थित मैत्रीसेवा आश्रमका सञ्‍चालक पनि हुन् दाहाल। उनी अध्यक्ष रहेको जेपी प्रतिष्‍ठानले उक्त ज्येष्‍ठ नागरिक आश्रम सञ्‍चालन गर्दै आएको छ।

०४२ सालको सत्याग्रहताका नै उनी कांग्रेस राजनीतिमा सक्रिय थिए। १३ वर्षको उमेरदेखि नै उनी राजनीतिक गतिविधिमा होमिएका थिए। उनी ०७४ को आम निर्वाचनमा ओखलढुंगा ‘क’बाट पराजित भएका थिए।

कथा, कविता, निबन्ध, चिन्तन र विचार विधामा उनका १५ वटा पुस्तक प्रकाशित छन्। उनका श्रीमती, एक छोरी र एक छोरा छन्।

दाहालको परिवारका अनुसार शुक्रबार बिहान नौ बजे चाबहिल सरस्वतीनगरस्थित घरमै बेहोस बनेका उनलाई तत्काल ओम अस्पताल पुर्‍याइएको थियो। बिहान ११ बजे उनको निधन भएको हो।

" /> कांग्रेसका नेता मित्रसेन दाहालको हृदयाघातका कारण निधन - Sarbocha Media

कांग्रेसका नेता मित्रसेन दाहालको हृदयाघातका कारण निधन

`

     २०७७ फाल्गुन ०७ गते ९:२३

काठमाडौँ, ७ फागुन । कांग्रेस नेता मित्रसेन दाहालको ५८ वर्षको उमेरमा निधन भएको छ।

कांग्रेस नेताको हृदयाघातका कारण निधन भएको कांग्रेस नेता रामहरि खतिवडाले जानकारी दिए।

ओखलढुंगाको मोलुङ गाउँपालिका रामपुरका बासिन्दा उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए।

काठमाडौँ शंखरापुर नगरपालिका४ स्थित मैत्रीसेवा आश्रमका सञ्‍चालक पनि हुन् दाहाल। उनी अध्यक्ष रहेको जेपी प्रतिष्‍ठानले उक्त ज्येष्‍ठ नागरिक आश्रम सञ्‍चालन गर्दै आएको छ।

०४२ सालको सत्याग्रहताका नै उनी कांग्रेस राजनीतिमा सक्रिय थिए। १३ वर्षको उमेरदेखि नै उनी राजनीतिक गतिविधिमा होमिएका थिए। उनी ०७४ को आम निर्वाचनमा ओखलढुंगा ‘क’बाट पराजित भएका थिए।

कथा, कविता, निबन्ध, चिन्तन र विचार विधामा उनका १५ वटा पुस्तक प्रकाशित छन्। उनका श्रीमती, एक छोरी र एक छोरा छन्।

दाहालको परिवारका अनुसार शुक्रबार बिहान नौ बजे चाबहिल सरस्वतीनगरस्थित घरमै बेहोस बनेका उनलाई तत्काल ओम अस्पताल पुर्‍याइएको थियो। बिहान ११ बजे उनको निधन भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?