यसअघि सो पक्षले आफ्ना सवै केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा आउन भनेको थियो ।

पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक बोलाएको नेकपाका नेताहरुले बताएका छन् ।

गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर वैशाखमा निर्वाचन घोषणा गरेपछि राजनीतिक रुपमा विभाजित नेकपाले कानुनी मान्यता पाइसकेको छैन ।

कानूनी मान्यताका लागि बहुमत केन्द्रीय सदस्य रहेको प्रचण्ड–माधव पक्षले नेकपाको आधिकारिकता र सूर्य चिन्ह दावी गरेपनि निर्वाचन आयोगले निर्णय गर्न सकेको छैन ।

प्रचण्ड माधव पक्ष प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै सर्वोच्च पुगेको छ । सर्वोच्चमा परेको रिटमा अन्तिम फैसला हुन बाँकी छ ।

" /> प्रचण्ड–माधव समूहले पेरिसडाँडामा बोलायो आकस्मिक केन्द्रीय समिति बैठक - Sarbocha Media

प्रचण्ड–माधव समूहले पेरिसडाँडामा बोलायो आकस्मिक केन्द्रीय समिति बैठक

`

     २०७७ फाल्गुन ०७ गते ६:०४

काठमाडौँ, ७ फागुन । नेकपा प्रचण्ड–माधव पक्षले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

यसअघि सो पक्षले आफ्ना सवै केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा आउन भनेको थियो ।

पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक बोलाएको नेकपाका नेताहरुले बताएका छन् ।

गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर वैशाखमा निर्वाचन घोषणा गरेपछि राजनीतिक रुपमा विभाजित नेकपाले कानुनी मान्यता पाइसकेको छैन ।

कानूनी मान्यताका लागि बहुमत केन्द्रीय सदस्य रहेको प्रचण्ड–माधव पक्षले नेकपाको आधिकारिकता र सूर्य चिन्ह दावी गरेपनि निर्वाचन आयोगले निर्णय गर्न सकेको छैन ।

प्रचण्ड माधव पक्ष प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै सर्वोच्च पुगेको छ । सर्वोच्चमा परेको रिटमा अन्तिम फैसला हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?