नेपाल आयल निगमले बुधबारबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टीतेलमा २/२ रुपैयाँ बढाएको थियो।

पेट्रोलियम पदार्थको मूल्य बढ्दा ढुवानी खर्च बढ्ने र त्यसले उपभोग्य वस्तुको मूल्य बढाउँदा उपभोक्ता मारमा पर्ने नेवि संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। नेविसंघले बढेको मूल्य फिर्ता नलिए संघर्षमा उत्रने चेतावनी पनि विज्ञप्तिमार्फत दिएको छ।

‘कोरोनाका कारण संकटमा रहेका नागरिकको घाउमा पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले जनताको घाउमा मलम लगाउनुको साटो नुनचुक छर्किएको छ,’ नेविसंघका महामन्त्री दीपक भट्टराईले भने, ‘बढेको मूल्य फिर्ता नभएमा नेविसंघ संघर्षमा उत्रिने छौँ।’

" /> पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसंघको माग - Sarbocha Media

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसंघको माग

`

     २०७७ फाल्गुन ०६ गते ९:४७

काठमाडौँ, ६ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ। बुधबारबाट लागू हुनेगरी मूल्यवृद्धि भएपछि नेविसंघ अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गर्दै लकडाउनका कारण जनताको आर्थिक अवस्था कमजोर बनेका बेला भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन्।

नेपाल आयल निगमले बुधबारबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टीतेलमा २/२ रुपैयाँ बढाएको थियो।

पेट्रोलियम पदार्थको मूल्य बढ्दा ढुवानी खर्च बढ्ने र त्यसले उपभोग्य वस्तुको मूल्य बढाउँदा उपभोक्ता मारमा पर्ने नेवि संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। नेविसंघले बढेको मूल्य फिर्ता नलिए संघर्षमा उत्रने चेतावनी पनि विज्ञप्तिमार्फत दिएको छ।

‘कोरोनाका कारण संकटमा रहेका नागरिकको घाउमा पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले जनताको घाउमा मलम लगाउनुको साटो नुनचुक छर्किएको छ,’ नेविसंघका महामन्त्री दीपक भट्टराईले भने, ‘बढेको मूल्य फिर्ता नभएमा नेविसंघ संघर्षमा उत्रिने छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?