इलाममा आज आयोजित नेकपा कार्यकर्ता भेटघाटमा उनले निर्वाचनका लागि तयारी अवस्थामा बस्न सबैलाई आग्रह गरेका हुन् । कार्यक्रममा बोल्दै नेम्वाङले वैशाखमा निर्वाचन हुनेमा आफू विश्वस्त रहेको समेत बताए ।

नेता नेम्वाङले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन घोषणा गर्ने काम दुई सय प्रतिशत उपयुक्त लागेर गर्नुभएको हो ।’ ‘सर्वोच्च अदालतले यसबारेमा अन्तरमि आदेश नदिनु भनेको निर्वाचन सम्बन्धी काम गर्दै गर्नु भनेको हो । यसैले चुनावी कार्यक्रममा जुट्नुपर्छ ।’ संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुने उनले बताए ।

" /> प्रधानमन्त्री ओलीको चुनाव घोषणा गर्ने निर्णय धेरै नै उपयुक्त : नेता नेम्वाङ - Sarbocha Media

प्रधानमन्त्री ओलीको चुनाव घोषणा गर्ने निर्णय धेरै नै उपयुक्त : नेता नेम्वाङ

`

     २०७७ फाल्गुन ०६ गते ८:४४

इलाम, ६ फागुन । नेकपा केपी ओली पक्षका नेता सुवास नेम्वाङले आगामी आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन् ।

इलाममा आज आयोजित नेकपा कार्यकर्ता भेटघाटमा उनले निर्वाचनका लागि तयारी अवस्थामा बस्न सबैलाई आग्रह गरेका हुन् । कार्यक्रममा बोल्दै नेम्वाङले वैशाखमा निर्वाचन हुनेमा आफू विश्वस्त रहेको समेत बताए ।

नेता नेम्वाङले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन घोषणा गर्ने काम दुई सय प्रतिशत उपयुक्त लागेर गर्नुभएको हो ।’ ‘सर्वोच्च अदालतले यसबारेमा अन्तरमि आदेश नदिनु भनेको निर्वाचन सम्बन्धी काम गर्दै गर्नु भनेको हो । यसैले चुनावी कार्यक्रममा जुट्नुपर्छ ।’ संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?