चितवन, ५ फागुन । नेकपा ओली समूहको चितवन जिल्ला अध्यक्षमा पार्वती रावल चयन भएकी छन् । ओली पक्षको जिल्ला कमिटी बैठकले रावललाई अध्यक्षको जिम्मेवारी दिएको हो । बैठकले नेता प्रकाश खनाल शैलेशलाई सचिवको जिम्मेवारी दिएको छ ।
रावल तत्कालीन एमालेको जिल्ला सचिव एवम् राष्ट्रिय सभा सांसद हुन् । सचिव बनेका खनाल रामबहादुर थापा बादल समूहका हुन् । बैठकले १० औँ जिल्ला अधिवेशन गराउन ५०१ सदस्यीय आयोजक कमिटी गठन गरेको छ । कमिटीका सबै सदस्यहरूको सपथ ग्रहण फागुन १० गते राखिएको नवनियुक्त अध्यक्ष पार्वती रावलले जानकारी दिए ।
बैठकले नीति सिद्धान्त आदर्श र पार्टी एकता विरोधि गतिविधिमा संलग्न भएको आरोप लगाउँदै नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियारलाई जिम्मेवारीबाट हटाइएको नेकपा केन्द्रीय सदस्य पुरूषोत्तम न्यौपानेले जानकारी दिए ।




