योसँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ७० जना पुगेको छ । उनीहरु मध्ये २ लाख ६९ हजार ३९४ जना संक्रमणमुक्त भएका छन् भने कुल २०५५ जनाको मृत्यु भएको जनाएको छ ।

हालसम्म देशभर १ हजार ६२१ जना सक्रिया संक्रमित रहेका छन् । जसमध्ये ९९१जना होम आइसोलेसनमा, ६१ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

" /> पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि - Sarbocha Media

पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि

`

     २०७७ फाल्गुन ०५ गते ११:२९

काठमाडौँ, ५ फागुन। पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ८३८ जनाको नमुना परीक्षण गर्दा ४८ जना महिला र ७७ जना पुरुष गरी कुल १२५ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ७० जना पुगेको छ । उनीहरु मध्ये २ लाख ६९ हजार ३९४ जना संक्रमणमुक्त भएका छन् भने कुल २०५५ जनाको मृत्यु भएको जनाएको छ ।

हालसम्म देशभर १ हजार ६२१ जना सक्रिया संक्रमित रहेका छन् । जसमध्ये ९९१जना होम आइसोलेसनमा, ६१ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?