काठमाडौँ, ४ फागुन । नेकपाका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ पर्ने दिन पनि आउन सक्ने बताएका छन्। नेकपाको फेसबुक लाइभमा नेता पाण्डेले नेता रामकुमारी झाँक्री गिरफ्तारीको प्रसंगमा यस्तो बताएका हुन्।
उनले नेकपा नेतृ रामकुमारी झाँक्रीको पक्राउ र रिहाको विषयलाई लिएर ओली पक्राउ पर्ने दिन पनि टाढा नभएको बताए।
पाण्डेले नेतृ झाँक्रीलाई बोलेकै कारण पक्राउ गरिएको भए पनि उनलाई थुनेर राख्ने तागत ओली सरकारसँग नरहेको बताए।
उनले भने, ‘रामकुमारीमाथि बोलेकै कारणले आक्रमण गर्ने कोसिस गरियो, जनताको तागतका कारण उहाँलाई थुनेर राख्ने अधिकार प्रहरी प्रशासन र ओली सरकारसँग थिएन ।’ पाण्डेले रिहाइका लागि कार्यकर्तासँगै आफू पनि प्रहरीमा पुगेको बताउँदै झाँक्रीलाई जसरी गिरफ्तार गरिएको हो त्यसै गरी घर पुर्याउनु पर्नेमा आफूले अडान लिएको बताएका छन्।
‘संसद पुनर्स्थापना भयो भने उहाँ सांसद हो, कानुन बनाउने मान्छेलाई कानुन पढाउने रु घरबाट जसरी ल्याउनु भएको थियो त्यसै गरी लगेर छाड्नुपर्यो,’ उनले भने, ‘प्रधानमन्त्री ओलीलाई समात्नु भयो भने कसलाई जिम्मा लगाएर पठाउनुहुन्छ रु’ उनले म्यानमारको उदाहरण दिँदै ओली पक्राउ पर्ने दिन पनि घेरै टाढा नरहेको तर्क गरेका छन्।
उनले भने, ‘ओली पक्राउ पर्ने दिन आउँदैन रु आउन सक्छ नि। हिजो बर्मामा मिल्ट्रीले ‘कू’गर्दै त्यहाँको प्रधानमन्त्रीलाई लगेर नजरबन्द र थुनामा राखेको छ भने अहिले हामी सँगसँगै आन्दोलन गरिरहेका बेला यो घटना घटेको छ। ओलीको पनि यो दिन धेरै टाढा छैन ’
नेता पाण्डेले हिजो जनतामा आफूहरूले गरेको वाचा उपयुक्त भए पनि गलत पात्र चयन गरेका कारण लज्जित हुने अवस्था आएको बताए। उनले विगतबाट पाठ सिक्दै नेतृत्वलाई नियन्त्रित हिसाबले अगाडि बढाउँछौ भनेर प्रतिबद्धता व्यक्त गर्नु पर्ने दिन आएको बताएको छ ।




