मध्यरातमै बालुवाटार बोलाएर रअ प्रमुखसँग कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्दा भारतीय नेताले नेपालमा भारतीय जनता पार्टीको सरकार बनाउँछौँ भनेर हस्तक्षेप गरेको उनको भनाई छ ।

भारतीय गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा भाजपाको सरकार बनाउने योजना बनाइरहेको बताएको भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले भारतीय पत्रिकालाई बताएका थिए । जुन समाचार छापिएपछि नेपालमा पनि तरंग उत्पन्न भएको थियो ।

केही समयअघि एक उच्च भारतीय अधिकारीले नेपालमा विवादरहित व्यक्तिलाई प्रधानमन्त्री बनाउने योजना भइरहेको समाचार पनि बाहिर आएको थियो । जसको आलोचना भएको थियो ।

नेपालमा भारतीय हस्तक्षेप बढ्नुमा प्रधानमन्त्री ओली जिम्मेवार रहेको पनि रावलले दाबी गरे । ‘हालै भारतीय गृहमन्त्रीलाई उदृत गर्दै त्यहाँका एक जना मुख्यमन्त्रीले नेपालको स्वाधीनता र स्वाभिमानका विरूद्ध दिएको अभिव्यक्ति निन्दनीय छ’ भीम रावलले ट्वीटरमा लेखेका छन्, ‘यो प्रधानमन्त्री ओलीको वालुवाटारमा राती भारतीय गुप्तचर प्रमुखसँगको गोप्य मन्त्रणाको परिणाम हो ।’

" /> नेपालमा भारतीय हस्तक्षेप बढ्नुमा प्रधानमन्त्री ओली जिम्मेवार : भीम रावल - Sarbocha Media

नेपालमा भारतीय हस्तक्षेप बढ्नुमा प्रधानमन्त्री ओली जिम्मेवार : भीम रावल

`

     २०७७ फाल्गुन ०४ गते ९:४३

काठमाडौँ, ४ फागुन । नेकपा दाहाल–नेपाल समूहका नेता भीम रावलले भारतीय गुप्तचर संस्था (रअ) का प्रमुखसँग बालुवाटारमा राती भेट्नुले नेपालमा भारतको खुलेआम हस्तक्षेप बढेको बताएका छन् ।

मध्यरातमै बालुवाटार बोलाएर रअ प्रमुखसँग कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्दा भारतीय नेताले नेपालमा भारतीय जनता पार्टीको सरकार बनाउँछौँ भनेर हस्तक्षेप गरेको उनको भनाई छ ।

भारतीय गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा भाजपाको सरकार बनाउने योजना बनाइरहेको बताएको भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले भारतीय पत्रिकालाई बताएका थिए । जुन समाचार छापिएपछि नेपालमा पनि तरंग उत्पन्न भएको थियो ।

केही समयअघि एक उच्च भारतीय अधिकारीले नेपालमा विवादरहित व्यक्तिलाई प्रधानमन्त्री बनाउने योजना भइरहेको समाचार पनि बाहिर आएको थियो । जसको आलोचना भएको थियो ।

नेपालमा भारतीय हस्तक्षेप बढ्नुमा प्रधानमन्त्री ओली जिम्मेवार रहेको पनि रावलले दाबी गरे । ‘हालै भारतीय गृहमन्त्रीलाई उदृत गर्दै त्यहाँका एक जना मुख्यमन्त्रीले नेपालको स्वाधीनता र स्वाभिमानका विरूद्ध दिएको अभिव्यक्ति निन्दनीय छ’ भीम रावलले ट्वीटरमा लेखेका छन्, ‘यो प्रधानमन्त्री ओलीको वालुवाटारमा राती भारतीय गुप्तचर प्रमुखसँगको गोप्य मन्त्रणाको परिणाम हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?