काठमाडाँ, ४ फागुन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । महासंघका अनुसार सोमबार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा रु २०० बढेर ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छ।
यसैगरी तेजावी सुन तोलामा ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
योसँगै मंगलबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । सोमबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १३६० रुपैयाँमा कारोबार हुन पुगेको महासंघले जनाएको छ ।




