काठमाडौँ, ३ फागुन । सरकारविरुद्ध नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दैछ ।
काठमाडौँसहित ७७ वटै जिल्लामा जुलुस प्रदर्शनसहित सभा गर्न लागिएको कांग्रेसले जनाएको छ । आजको प्रदर्शनका लागि कांग्रेस पदाधिकारीसहित नेताहरु जिल्लाहरुमा खटिएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा मकवानपुरमा हुने कार्यक्रममा सहभागी हुँदैछन् भने काठमाडौँमा दिउँसो १ बजे शान्तिबाटिकामा कोणसभामा वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्ने भएका छन् ।
गए पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस पनि विरोधमा छ । नेकपाकै प्रचण्ड–नेपाल समूह जस्तो आक्रामक नभए पनि कांग्रेसले विरोध जनाउँदै आएको छ ।




