काठमाडौँ, ३ फागुन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य रूपमा घटेको छ । महासंघका अनुसार आइतबार प्रतितोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर प्रतितोलामा ९० हजार ७०० रुपैयाँमा कायम हुन पुगेको छ ।
साथै तेजाबी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
योसँगै सोमबार चाँदीको मूल्य १३४० रुपैयाँमा कारोबार भएको छ । यसअघि आइतबार चाँदी १३३५ रुपैयाँमा कारोबार भएको थियो ।




