काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन वर्षे कार्यकालमा गरेका मुख्य (मुख्य कामका उपलब्धि सार्वजनिक गर्ने भएका छन्।
सिंहदरबारको मुख्य भवनमा सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट ओलीले आज ११ बजे सरकारका उपलब्धि सार्वजनिक गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवन प्रबलीकरण गरिएपछि प्रधानमन्त्री कार्यालय अब मुख्य भवनबाट सञ्चालन हुने भएको छ। भवनको प्रधानमन्त्री ओलीले आजै उद्घाटन गर्ने भएका छन्।
ओली २०७४ साल फागुन ३ गते प्रधानमन्त्री भएका थिए। यो तीन वर्षमा सरकारका तर्फबाट भएका मुख्य काम सार्वजनिक गर्ने ओलीको तयारी छ।




