काठमाडौँ, २ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १ सय ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमितको मृत्यु भएको छैन।
यस्तै, सोही समय अवधिमा १ सय ३१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। भने हाल देशभर एक हजार ६ सय ४ जना आइसोलेशनमा उपचाररत छन्।
पछिल्लो २४ घन्टामा उपत्यकामा ६१ जना नयाँ संक्रमित भेटिएका छन्।




