काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जिल्लामा रहेका २८ हजार क्रियाशिल सदस्य सहित ४० हजार नेता कार्यकर्तालाई पत्र पठाएर बिरोधमा सहभागी हुन निम्तो गरिएको जानकारी दिए ।

पत्रमा फागुन ३ गते सोमबार केन्द्रीय बस पार्कमा १२:१५ बजे सहभागी हुन अनुरोध गरिएको छ । बिरोध सभा दिउँसो १ बजे चौबिसकोठीमा हुने छ सभालाई केन्द्रीय सदस्य गगन कुमार थापा र सरिता प्रसाइले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपाली काङ्ग्रेसले जिल्लाका सात वटा स्थानीय तहका ९८ वटा वडा समिति मार्फत घरघरमा पत्र पठाएको हो ।

प्रतिनिधि सभा विघटन पछि काङ्ग्रेसले वडा, पालिका, प्रदेश क्षेत्र, संघिय क्षेत्र हुँदै जिल्ला तहमा बिरोध कार्यक्रम गर्न लागेको हो । यस संगै काङ्ग्रेसका भातृ र शुभेच्छुक संस्थाहरुले पनि बिरोधका कार्यक्रमहरु गरेका थिए । खर्च घटाउन र स्वतस्फूर्त कार्यकर्तालाई सहभागी गराउन पत्र पठाउन थालिएको सभापति श्रेष्ठले जानकारी दिए ।

" /> विरोधमा सहभागी हुन कांग्रेसको ४० हजारलाई निम्तो - Sarbocha Media

विरोधमा सहभागी हुन कांग्रेसको ४० हजारलाई निम्तो

`

     २०७७ माघ ३० गते ११:२८

चितवन, ३० माघ। सरकारले गत पुष ५ गते प्रतिनिधि सभा विघटन गरेको बिरोधमा नेपाली काङ्ग्रेस चितवनले यही फागुन ३ गते गर्ने बिरोध सभामा ४० हजार जनालाई पत्र पठाएर निम्तो गरेको छ । कार्यकर्तालाई सवारी साधनमा बोक्दा खर्च बढि हुने भए पछि स्वत स्फूर्त उपस्थित गराउन पत्रचार गरेको हो ।

काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जिल्लामा रहेका २८ हजार क्रियाशिल सदस्य सहित ४० हजार नेता कार्यकर्तालाई पत्र पठाएर बिरोधमा सहभागी हुन निम्तो गरिएको जानकारी दिए ।

पत्रमा फागुन ३ गते सोमबार केन्द्रीय बस पार्कमा १२:१५ बजे सहभागी हुन अनुरोध गरिएको छ । बिरोध सभा दिउँसो १ बजे चौबिसकोठीमा हुने छ सभालाई केन्द्रीय सदस्य गगन कुमार थापा र सरिता प्रसाइले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपाली काङ्ग्रेसले जिल्लाका सात वटा स्थानीय तहका ९८ वटा वडा समिति मार्फत घरघरमा पत्र पठाएको हो ।

प्रतिनिधि सभा विघटन पछि काङ्ग्रेसले वडा, पालिका, प्रदेश क्षेत्र, संघिय क्षेत्र हुँदै जिल्ला तहमा बिरोध कार्यक्रम गर्न लागेको हो । यस संगै काङ्ग्रेसका भातृ र शुभेच्छुक संस्थाहरुले पनि बिरोधका कार्यक्रमहरु गरेका थिए । खर्च घटाउन र स्वतस्फूर्त कार्यकर्तालाई सहभागी गराउन पत्र पठाउन थालिएको सभापति श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?