मन्त्री पुनसँगै सामाजिक मन्त्रालयका सचिव बिनोद कुँवरलाई समेत कोरोना संक्रमण पुष्टि भएपनि उनी समेत आइसोलेसनमा भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री पुन र सचिव कुँवर प्रदेश सरकारले बनाएको गण्डकी प्रदेशको एकमात्र संक्रामक तथा सरूवा रोग अस्पताल सिसुवाको आइसोलेसनमा भर्ना भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएर अस्पमतालको आइसोलेसनमा भर्ना भएकी मन्त्री पुनको स्वास्थ्य सुधारोन्मुख रहेको सरूवा रोग अस्पतालका निर्देशक डा.विकास गौचनले जानकारी दिए ।

उनका अनुसार सचिव कुँवरको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सचिव कुँबर १ हप्तादेखि आइसोलेसनमा बस्दै आएका छन् ।

प्रदेशका विभिन्न जिल्लाहरुमा हिमपातसँगै चिसो बढेको कारण रुधाखोकी र निमुनियाका बिरामीको संख्या बृद्धी भएका चिकित्सकहरुको भानाई छ ।

गण्डकी प्रदेशमा हालसम्म १५ हजार ७ सय ७७ जनालाई कोरोना संक्रमण भएको छ । तीमध्ये १५ हजार २ सय ६० जना निको भएर घर फर्किएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म २ सय ३ संक्रमितको मृत्यु भइसकेका छन् ।

" /> गण्डकी प्रदेशकी मन्त्री पुनलाई कोरोना संक्रमण - Sarbocha Media

गण्डकी प्रदेशकी मन्त्री पुनलाई कोरोना संक्रमण

`

     २०७७ माघ ३० गते १०:३३

पोखरा, ३० माघ । गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनलाई कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसन भर्ना भएकी छन् ।

उनलाई ज्वारो, रूघाखोकी लगायतका समस्या देखिएपछि कोरोना संक्रमणको आशंकामा पीसीआर परिक्षण परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको बताएको छ ।

मन्त्री पुनसँगै सामाजिक मन्त्रालयका सचिव बिनोद कुँवरलाई समेत कोरोना संक्रमण पुष्टि भएपनि उनी समेत आइसोलेसनमा भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री पुन र सचिव कुँवर प्रदेश सरकारले बनाएको गण्डकी प्रदेशको एकमात्र संक्रामक तथा सरूवा रोग अस्पताल सिसुवाको आइसोलेसनमा भर्ना भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएर अस्पमतालको आइसोलेसनमा भर्ना भएकी मन्त्री पुनको स्वास्थ्य सुधारोन्मुख रहेको सरूवा रोग अस्पतालका निर्देशक डा.विकास गौचनले जानकारी दिए ।

उनका अनुसार सचिव कुँवरको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सचिव कुँबर १ हप्तादेखि आइसोलेसनमा बस्दै आएका छन् ।

प्रदेशका विभिन्न जिल्लाहरुमा हिमपातसँगै चिसो बढेको कारण रुधाखोकी र निमुनियाका बिरामीको संख्या बृद्धी भएका चिकित्सकहरुको भानाई छ ।

गण्डकी प्रदेशमा हालसम्म १५ हजार ७ सय ७७ जनालाई कोरोना संक्रमण भएको छ । तीमध्ये १५ हजार २ सय ६० जना निको भएर घर फर्किएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म २ सय ३ संक्रमितको मृत्यु भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?