राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो ५ वर्षमा मूल्यवृद्धि ३३ प्रतिशत बढेकाले सोहीअनुसार भत्ता वृद्धि गर्नुपर्ने प्रतिवेदनमा जनाइएको छ । शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण योगदान गर्ने सुरक्षाकर्मीको मनोबल बढाउन पनि भत्ता वृद्धि गर्नुपर्ने समितिले बताएको छ ।

गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको रासनभत्ता पुनरावलोकन समिति गठन गरिएको थियो । प्रहरीको रासनभत्ता २०७३ देखि नबढाइएको जनाएको छ ।

गृहमन्त्री थापाका अनुसार तत्काल रासनभत्ता वृद्धिका लागि आफूले प्रक्रिया अगाडि बढाउने बताए । पछिल्लो ६ वर्षदेखि सुरक्षाकर्मीको रासनभत्ता वृद्धि हुन नसकेको अवस्थामा गृहमन्त्री थापाले यस्तो निर्देशन दिएसँगै प्रहरी सेवामा कार्यरतहरुलाई राहत मिल्ने विश्वास लिइएको छ । यद्यपि, कहिलेदेखि रासनभत्ता बढ्ने निर्णय भइनसकेको बताएको छ ।

" /> सुरक्षाकर्मीको रासनभत्ता न्यूनतम ३३ प्रतिशत बढाउन सिफारिस - Sarbocha Media

सुरक्षाकर्मीको रासनभत्ता न्यूनतम ३३ प्रतिशत बढाउन सिफारिस

`

     २०७७ माघ ३० गते ९:२४

काठमाडौँ, ३० माघ । गृह मन्त्रालयले गठन गरेको रासनभत्ता पुनरावलोकन समितिले सुरक्षाकर्मीको रासनभत्ता न्यूनतम ३३ प्रतिशत बढाउन सिफारिस गरेको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाउँदै समितिले मूल्यवृद्धि अनुरुप रासनभत्ता बढाउन सिफारिस गरीएको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो ५ वर्षमा मूल्यवृद्धि ३३ प्रतिशत बढेकाले सोहीअनुसार भत्ता वृद्धि गर्नुपर्ने प्रतिवेदनमा जनाइएको छ । शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण योगदान गर्ने सुरक्षाकर्मीको मनोबल बढाउन पनि भत्ता वृद्धि गर्नुपर्ने समितिले बताएको छ ।

गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको रासनभत्ता पुनरावलोकन समिति गठन गरिएको थियो । प्रहरीको रासनभत्ता २०७३ देखि नबढाइएको जनाएको छ ।

गृहमन्त्री थापाका अनुसार तत्काल रासनभत्ता वृद्धिका लागि आफूले प्रक्रिया अगाडि बढाउने बताए । पछिल्लो ६ वर्षदेखि सुरक्षाकर्मीको रासनभत्ता वृद्धि हुन नसकेको अवस्थामा गृहमन्त्री थापाले यस्तो निर्देशन दिएसँगै प्रहरी सेवामा कार्यरतहरुलाई राहत मिल्ने विश्वास लिइएको छ । यद्यपि, कहिलेदेखि रासनभत्ता बढ्ने निर्णय भइनसकेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?