प्रधानमन्त्री एवम् ओली समूहका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान हवारीलाई नेकपामा स्वागत गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिए ।

स्वातका क्रममा प्रधानमन्त्री ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टीको काममा लाग्न शुभकामना दिए। प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा दुई खेमा भएको छ। एक समूहको अध्यक्ष प्रधानमन्त्री केपी ओलीले गरेका छन् भने अर्को समूहको पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले गरेका छन्।

संसद विघटनविरुद्ध मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलाशमा बहस जारी छ। प्रधानमन्त्री ओलीले हुँदै नभएको अधिकार प्रयोग गरी संसद विघटन गरेको भन्दै सत्ता पक्ष र अन्य राजनीतिक दल आन्दोलित रहेका छन्।

" /> जसपाका नेता इस्लाम नेकपाको ओली पक्षमा प्रवेश - Sarbocha Media

जसपाका नेता इस्लाम नेकपाको ओली पक्षमा प्रवेश

`

     २०७७ माघ ३० गते ८:१९

काठमाडौँ, ३० माघ । जनता समाजवादी पार्टी (जसपा) का स्थायी समिति सदस्य एवं पार्टीका युवा इन्चार्ज इस्लाम हवारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहमा प्रवेश गरेका छन्।

प्रधानमन्त्री एवम् ओली समूहका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान हवारीलाई नेकपामा स्वागत गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिए ।

स्वातका क्रममा प्रधानमन्त्री ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टीको काममा लाग्न शुभकामना दिए। प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा दुई खेमा भएको छ। एक समूहको अध्यक्ष प्रधानमन्त्री केपी ओलीले गरेका छन् भने अर्को समूहको पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले गरेका छन्।

संसद विघटनविरुद्ध मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलाशमा बहस जारी छ। प्रधानमन्त्री ओलीले हुँदै नभएको अधिकार प्रयोग गरी संसद विघटन गरेको भन्दै सत्ता पक्ष र अन्य राजनीतिक दल आन्दोलित रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?