बुटवल, ३० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षले भोली बुटबलमा बृहत प्रर्दशन गर्दैछ । शनिवार हुने सभा अगाडी विहिवार युवा संघले बुटवलमा शक्ति प्रर्दशन गर्दै मोटरसाइकल र्याली गरेको छ ।
मोटरसाइकल र्यालीमा युवाहरुको बृहत्तर सहभागीता रहेको उक्त पार्टीका नेता महेश बस्नेतले जानकारी दिनुए । बुटवलमा हुने सभालाई पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
विशेषगरी रूपन्देहीमा ओली समूहको बलियो क्षेत्र मानिन्छ । महासचिव विष्णु पौडेलको गृहजिल्ला पनि भएकाले यहाँको प्रदर्शनलाई महत्वका साथ हेरिएको छ । रूपन्देहीमा हुने सभालाई शक्ति प्रदर्शनका रूपमा समेत उपयोग गर्ने तयारी नेकपा ओली समूहले थालेको छ ।




