काठमाडौँ, ३० माघ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार पनि भाउ घटेको छ। छापावाल सुन प्रतितोलामा ६ सयले घटेको छ।
बिहिबार सुनको भाउ प्रतितोला ९१ हजार ५ सय रुपैयाँ रहेको थियो। आज सुनको भाउ प्रतितोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ।
त्यसैगरी, तेजाबी सुन ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो।




