दुर्घटनामा परी नीलकण्ठ नगरपालिका–३ का ६० वर्षीय बलराम अधिकारी र उनका छोरा ३० वर्षीय डा. सुरेश अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ।

सदरमुकाम धादिङबेसीबाट काठमाडौं जाँदै गरेको प्र ३ ०२ ००९ प ८२३० नम्बरको मोटरसाइकल र काठमाडौंबाट धादिङको गल्छीतर्फ आउँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रक बिहीबार दिउँसो करिब २ बजे आपसमा ठोक्किएर दुर्घटना भएको हो।

ट्रक र मोटरसाइकल ठोक्किनासाथ मोटरसाइकलमा आगलागी भएको स्थानीयले बताएको छ।

" /> मोटरसाइकल दुर्घटनामा परी बाबु–छोराको मृत्यु - Sarbocha Media

मोटरसाइकल दुर्घटनामा परी बाबु–छोराको मृत्यु

`

     २०७७ माघ २९ गते १२:४३

धादिङ, २९ माघ । थाक्रे गाउँपालिका–८ मा पर्ने पृथ्वीराजमार्गको चारकिला एभरेष्ट पम्प नजिकै भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा परी नीलकण्ठ नगरपालिका–३ का ६० वर्षीय बलराम अधिकारी र उनका छोरा ३० वर्षीय डा. सुरेश अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ।

सदरमुकाम धादिङबेसीबाट काठमाडौं जाँदै गरेको प्र ३ ०२ ००९ प ८२३० नम्बरको मोटरसाइकल र काठमाडौंबाट धादिङको गल्छीतर्फ आउँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रक बिहीबार दिउँसो करिब २ बजे आपसमा ठोक्किएर दुर्घटना भएको हो।

ट्रक र मोटरसाइकल ठोक्किनासाथ मोटरसाइकलमा आगलागी भएको स्थानीयले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?