नेकपा दाहाल–नेपालका प्रवक्ता श्रेष्ठ र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध घोषित संघर्ष समितिका सह–संयोजक भट्टराई मीनभवनस्थित अपराध महाशाखाको कार्यालय पुगेका हुन्।

नेताहरु पुग्ने क्रमसँगै रामकुमारीसँग महाशाखा प्रमुख एसएसपी दीपक थापाले सोधपुछ गरिरहेका छन्। उनलाई सोधपुछ गरेर आजै छाड्ने तयारी रहेको महाशाखा स्रोतले जानकारी दिए ।

" /> रामकुमारी झाँक्रीलाई भेट्न अपराध महाशाखा पुगे श्रेष्ठ र भट्टराई - Sarbocha Media

रामकुमारी झाँक्रीलाई भेट्न अपराध महाशाखा पुगे श्रेष्ठ र भट्टराई

`

     २०७७ माघ २९ गते ९:१८

काठमाडौँ, २९ माघ । राज्यविरुद्धको कसुर दफा ५८ अनुसार पक्राउ परेकी नेतृ रामकुमारी झाँक्रीलाई भेट्न दाहाल–नेपाल नेकपाका नेताहरु नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई महानगरीय प्रहरी अपराध महाशाखा पुगेका छन्।

नेकपा दाहाल–नेपालका प्रवक्ता श्रेष्ठ र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध घोषित संघर्ष समितिका सह–संयोजक भट्टराई मीनभवनस्थित अपराध महाशाखाको कार्यालय पुगेका हुन्।

नेताहरु पुग्ने क्रमसँगै रामकुमारीसँग महाशाखा प्रमुख एसएसपी दीपक थापाले सोधपुछ गरिरहेका छन्। उनलाई सोधपुछ गरेर आजै छाड्ने तयारी रहेको महाशाखा स्रोतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?