काठमाडौँ, २९ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि प्रहरीले बोलाएको छ ।
गोरखामा आयोजित कार्यक्रममा झाँक्रीले कानुनले बर्जित गरेको अभिव्यक्ति दिएका कारण सोधपुछका लागि बिहीबार बोलाइएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले बताए ।
एसएसपी थापाले भने, ‘कानुनले बर्जित गरेका अभिव्यक्ति उहाँले दिनु भएको देखियो यसबारे के भएको हो त भनेर उहाँसँगै सोधपुछ गर्न लागेका हौँ ।’ उहाँलाई महाशाखा परिसरमा बिहीबार उपस्थित हुन भनिएको छ ।




