" /> खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले वृद्धि - Sarbocha Media

खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले वृद्धि

`

     २०७७ माघ २९ गते १२:१८

काठमाडौं, २९ माघ । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको छ । निगमले  खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पु¥याएको छ ।

निगमले आज विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत कायम राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?