काठमाडौँ, २८ माघ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले काठमाडौँमा गरेको जनसभा पछि फोहोर भएको सडक प्रदर्शनकारीहरूले नै बढारेका छन् ।
राजधानीको भृकुटीमण्डपमा सभा सकिएपछि कार्यकर्ताहरूले नै सडक बढारेका हुन् ।
सभाका क्रममा पर्चा पम्प्लेट, झण्डा र खानेकुराको फोहोर थुप्रिएको सडक प्रदर्शनकारीले नै सफा गरेका हुन् । बुधबार काठमाडौँका विभिन्न ठाउँबाट नेकपा प्रचण्ड– माधव समूहले प्रदर्शन गरेको थिए ।
यसअघि कुनै पनि पार्टीले कार्यक्रम गर्दा आयोजक पक्षले फोहर व्यवस्थापन नगर्ने गरे पनि नेकपा प्रचण्ड–माधव पक्षले फोहोर व्यवस्थापन गरेको हो ।
फोहोर व्यवस्थापनमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत स्वयंसेवकको टोली खटिएको थियो ।




