काठमाडौँमा प्रचण्ड–माधव पक्षले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले भने, ‘पाप गर्नेलाई पशुपतिले पनि माफ गर्दैनन्। केपीको पाप बत्ति बालेर कसैले पनि पखालीदैन।’

ओलीलाई बलात्कृत भएको महिलाले पनि सरापिरहेको बताए। ओलीले भ्रष्टाचारको कार्यक्रम गरेर मान्छेलाई भाडामा ल्याउँदा समेत केही हजार मान्छे मात्रै ओलीसँग भएको बताए।

केपी ओली बहुमतको शासन मान्न तयार नभएको बताए। निर्वाचनको आयोगको पत्रअनुसार आफ्नो पक्षमा तीन सय रहेको र ओलीको पक्षमा एक सय मात्रै रहेको बताएका छन्।

उनले भने, ‘ओलीले निर्वाचन आयोगमा गएर पार्टीको पहिलो अध्यक्ष भनेर धम्काएछन्। ओली गुटको र बालकोटको प्रथम अध्यक्ष होलान्। तर, नेकपाको होइन ।’ निर्वाचन आयोग अगाडि बढाइरहेको प्रक्रियमा हस्तक्षेप गर्न थालिरहेका छन्।’

" /> ‘पाप गर्नेलाई पशुपतिले पनि माफ गर्दैनन्’, केपी ओली धिक्कार छ : माधव नेपाल - Sarbocha Media

‘पाप गर्नेलाई पशुपतिले पनि माफ गर्दैनन्’, केपी ओली धिक्कार छ : माधव नेपाल

`

     २०७७ माघ २८ गते १०:४७

काठमाडौँ, २८ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै पाप गर्नेलाई पशुपतिले पनि माफ नगर्ने बताएका छन्।

काठमाडौँमा प्रचण्ड–माधव पक्षले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले भने, ‘पाप गर्नेलाई पशुपतिले पनि माफ गर्दैनन्। केपीको पाप बत्ति बालेर कसैले पनि पखालीदैन।’

ओलीलाई बलात्कृत भएको महिलाले पनि सरापिरहेको बताए। ओलीले भ्रष्टाचारको कार्यक्रम गरेर मान्छेलाई भाडामा ल्याउँदा समेत केही हजार मान्छे मात्रै ओलीसँग भएको बताए।

केपी ओली बहुमतको शासन मान्न तयार नभएको बताए। निर्वाचनको आयोगको पत्रअनुसार आफ्नो पक्षमा तीन सय रहेको र ओलीको पक्षमा एक सय मात्रै रहेको बताएका छन्।

उनले भने, ‘ओलीले निर्वाचन आयोगमा गएर पार्टीको पहिलो अध्यक्ष भनेर धम्काएछन्। ओली गुटको र बालकोटको प्रथम अध्यक्ष होलान्। तर, नेकपाको होइन ।’ निर्वाचन आयोग अगाडि बढाइरहेको प्रक्रियमा हस्तक्षेप गर्न थालिरहेका छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?