काठमाडौँ, २८ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता झलनाथ खनालले आगामी चुनावमा प्रधानमन्त्री केपी ओलीको जमानत जफत हुने बताएका छन्।
बुधबार राजधानीमा आयोजित नेकपाको प्रचण्ड–नेपाल समूहले गरेको विशाल विरोधसभालाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले एउटा भँगेराको कथा सुनाउँदै ओलीका खुट्टीबारे आफूलाई थाहा भएको बताउँदै आगामी चुनावमा उनको जमानत जफत हुने बताएका हुन्।
नेता खनालले भने, ‘मिस्टर केपी ओली तपाईंका खुट्टी हेर्दै पत्यायौँ। आगामी चुनावमा दुई तिहाई होइन, तपाईंको जमानत जफत हुनेछ ।’ ‘अब दुई वर्षपछि यो देशमा चुनाव हुनेछ। त्यत्तिबेला तपाईंको जमानत जफत हुँदैछ।’
नेता खनालले नेकपाको यो आन्दोलन प्रचण्ड र माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनका लागि नभएर केपी ओलीले ध्वस्त बनाएको संविधानको रक्षाका लागि अगाडि बढाएको बताएको छ ।




