नेता गुरुङले भने, ‘कामचलाउ सरकारले मनपरी गरिरहेको छ, त्यसलाई परास्त गर्न सबै लाग्नुपर्छ, यदि परास्त गर्न सकिएन भने लोकतन्त्र समाप्त हुन्छ ।’

ओलीले संविधानलाई कुल्चेर बलात्कार गरेको गुरुङले बताए । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक धर्मनिरपक्षेताको रक्षाका लागि सबै एकजुट हुनुपर्ने गुरुङले बताए । जबसम्म ओलीको तानाशाही समाप्त हुँदैन तबसम्म यो आन्दोलन जारी रहने उनले बताए ।

" /> ओलीको तानाशाही समाप्त नभएसम्म आन्दोलन जारी रहनेछ : देव गुरुङ - Sarbocha Media

ओलीको तानाशाही समाप्त नभएसम्म आन्दोलन जारी रहनेछ : देव गुरुङ

`

     २०७७ माघ २८ गते ९:४९

काठमाडौँ, २८ माघ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गरेको प्रतिगमनको विरुद्धमा आन्दोलन भइरहेको बताएका छन् ।

नेता गुरुङले भने, ‘कामचलाउ सरकारले मनपरी गरिरहेको छ, त्यसलाई परास्त गर्न सबै लाग्नुपर्छ, यदि परास्त गर्न सकिएन भने लोकतन्त्र समाप्त हुन्छ ।’

ओलीले संविधानलाई कुल्चेर बलात्कार गरेको गुरुङले बताए । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक धर्मनिरपक्षेताको रक्षाका लागि सबै एकजुट हुनुपर्ने गुरुङले बताए । जबसम्म ओलीको तानाशाही समाप्त हुँदैन तबसम्म यो आन्दोलन जारी रहने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?