अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा शून्य सहनशिलता अपनाउनु पर्नेमा जोड दिएकी हुन् ।

उनले भने, ‘मुलुकमा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण हुन सकेन भने राज्यका स्रोतहरू दुरुपयोग भइ समग्र राज्य प्रणालीलाई नै जर्जर बनाउने हुँदा भ्रष्टाचार नियन्त्रणका विषयमा कडाइका साथ प्रस्तुत हुन जरुरी देखिन्छ ।’

उनले भने, राजनीतिक, आर्थिक, सामाजिक लगायत समग्र पक्षमा हुन सक्ने अव्यवस्था र गैरकानुनी विचलनलाई समूलरुपमा अन्त्य गर्न सकेमात्र समष्टिमा भ्रष्टाचार न्यूनीकरण हुँदै जाने छन् ।

" /> भ्रष्टाचार नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन राष्ट्रपतिको निर्देशन - Sarbocha Media

भ्रष्टाचार नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन राष्ट्रपतिको निर्देशन

`

     २०७७ माघ २८ गते ९:०७

काठमाडौँ, २८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन सम्बद्ध निकायलाई निर्देशन दिएकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा शून्य सहनशिलता अपनाउनु पर्नेमा जोड दिएकी हुन् ।

उनले भने, ‘मुलुकमा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण हुन सकेन भने राज्यका स्रोतहरू दुरुपयोग भइ समग्र राज्य प्रणालीलाई नै जर्जर बनाउने हुँदा भ्रष्टाचार नियन्त्रणका विषयमा कडाइका साथ प्रस्तुत हुन जरुरी देखिन्छ ।’

उनले भने, राजनीतिक, आर्थिक, सामाजिक लगायत समग्र पक्षमा हुन सक्ने अव्यवस्था र गैरकानुनी विचलनलाई समूलरुपमा अन्त्य गर्न सकेमात्र समष्टिमा भ्रष्टाचार न्यूनीकरण हुँदै जाने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?