काठमाडौँ, २८ माघ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ ।
यस्तै तेजावी सुन पनि मंगलबारकै मूल्य अर्थात तोलामा ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यसैबीच बुधबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। मंगलबार १३४० रुपैयाँ रहेको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भएको जनाएको छ ।




