गत आइतबार बिहान हिमनदी फुटेर बाढी आउँदा १ सय ७५ जना अझै वेपत्ता रहेको चमोली जिल्ला प्रहरीले सूचीमा उल्लेख गरीएको छ । जसमध्ये ११ जना नेपाली कामदारहरु पनि अझै भेटिएका छैनन् ।

वेपत्ता नेपालीहरुले ऋषिगंगा जलविद्युत परियोजना र तपोवनस्थित एनटीपीसीको जलविद्युत् आयोजनामा काम गर्दै गर्दैआएका थिए ।

तर यसअघि वेपत्ता सूचीमा रहेका चार नेपाली कामदारको जीवितै उद्वार गरिएको छ । उनीहरुको गत आइतबार साँझ नै इन्डो–तिब्बत बोर्डर पुलिस (आईटीबीपी) को उद्धार टोलीले जीवितै उद्धार गरेको हो ।

घटनास्थलमा उद्वार कार्य अझै जारी रहेको बताइएको छ । हिमनदी फुट्दा धौलीगंगा नदीमा आएको बाढीले प्रारम्भिक चरणमा २ सय जना वेपत्ता थिए । बाढीले बगाएर ल्याएको हिलो र ढुंगाले निर्माणाधीन सुरुङमा फसेका कामदारहरुको सकुशल उद्वार गरिएको छ भने अधिकांश मानिस अझै वेपत्ता रहेका छन् ।

" /> उत्तराखण्डमा हिमनदी फुटेर बाढी ११ नेपाली वेपत्ता, ४ को उद्वार - Sarbocha Media

उत्तराखण्डमा हिमनदी फुटेर बाढी ११ नेपाली वेपत्ता, ४ को उद्वार

`

     २०७७ माघ २७ गते १०:४०

काठमाडौँ, २७ माघ । भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा हिमनदी फुटेर आएको बाढीमा परी ११ जना नेपाली वेपत्ता भएको बताइएको छ ।

गत आइतबार बिहान हिमनदी फुटेर बाढी आउँदा १ सय ७५ जना अझै वेपत्ता रहेको चमोली जिल्ला प्रहरीले सूचीमा उल्लेख गरीएको छ । जसमध्ये ११ जना नेपाली कामदारहरु पनि अझै भेटिएका छैनन् ।

वेपत्ता नेपालीहरुले ऋषिगंगा जलविद्युत परियोजना र तपोवनस्थित एनटीपीसीको जलविद्युत् आयोजनामा काम गर्दै गर्दैआएका थिए ।

तर यसअघि वेपत्ता सूचीमा रहेका चार नेपाली कामदारको जीवितै उद्वार गरिएको छ । उनीहरुको गत आइतबार साँझ नै इन्डो–तिब्बत बोर्डर पुलिस (आईटीबीपी) को उद्धार टोलीले जीवितै उद्धार गरेको हो ।

घटनास्थलमा उद्वार कार्य अझै जारी रहेको बताइएको छ । हिमनदी फुट्दा धौलीगंगा नदीमा आएको बाढीले प्रारम्भिक चरणमा २ सय जना वेपत्ता थिए । बाढीले बगाएर ल्याएको हिलो र ढुंगाले निर्माणाधीन सुरुङमा फसेका कामदारहरुको सकुशल उद्वार गरिएको छ भने अधिकांश मानिस अझै वेपत्ता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?