यसअघि ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरु भने ११:१५ बजे नै आयोग पुगेका थिए ।

गत माघ १६ गते नेकपाका दुवै पक्षलाई आयोगले बोलाएको थियो । आयोगले बोलाएपछि प्रचण्ड–माधव नेपाल पक्ष आयोग कार्यालय पुगेर आधिकारिकता दाबी गरेका थिए ।

तर, प्रधानमन्त्रीसमेत रहेका ओली भने गएका थिएनन् । नेकपाका दुवै पक्षका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएपनि आयोगले दुवै पक्षको दाबी नपुगेको भन्दै आएको छ ।

" /> निर्वाचन आयोग पुगे प्रधानमन्त्री ओली - Sarbocha Media

निर्वाचन आयोग पुगे प्रधानमन्त्री ओली

`

     २०७७ माघ २७ गते ७:०९

काठमाडौँ, २७ माघ। प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन्। उनी बिहान ११ः५५ बजे आयोग पुगेका हुन्। निर्वाचनको तयारीका विषयमा छलफल गर्न ओली आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् ।

यसअघि ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरु भने ११:१५ बजे नै आयोग पुगेका थिए ।

गत माघ १६ गते नेकपाका दुवै पक्षलाई आयोगले बोलाएको थियो । आयोगले बोलाएपछि प्रचण्ड–माधव नेपाल पक्ष आयोग कार्यालय पुगेर आधिकारिकता दाबी गरेका थिए ।

तर, प्रधानमन्त्रीसमेत रहेका ओली भने गएका थिएनन् । नेकपाका दुवै पक्षका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएपनि आयोगले दुवै पक्षको दाबी नपुगेको भन्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?